१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा. शर्मा, परीक्षालाई विश्वस्तरीय बनाउने प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४७:oo

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष डा. महाश्रम शर्माले सोमबार पदभार ग्रहण गरेका छन् । लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले शर्मालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो।

पदभार ग्रहण कार्यक्रममा अध्यक्ष शर्माले बोर्डबाट हुने मूल्यांकनलाई परिष्कृत गर्दै विश्वस्तरीय बनाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। बोर्डबाट जारी भएका सर्टिफिकेट विश्वमा कहीँ प्रवेश परीक्षा नलिई भर्ना पाउने गरी मूल्यांकनलाई परिष्कृत गर्दै जानुपर्ने आवश्यकता रहेको उनले बताए। 

शर्माले सामूहिक नेतृत्व र निर्णयबाट सफलता पाउन सकिने भएकाले त्यसैलाई आत्मसात गरेर आफू अघि बढ्ने बताए। बोर्डमा लामो समयदेखि रोकिएको कर्मचारीको वृत्तिविकास अघि बढाउनेसमेत प्रतिबद्धता जनाएका थिए।