१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

राजनीतिक प्रतिवेदनमा आफ्नैबारे गम्भीर समीक्षा गरेका छौँ : जनार्दन शर्मा (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:४२:oo

नेकपा (माओवादी केन्द्र) ले ८औँ राष्ट्रिय महाधिवेशनको अवसरमा तयार पारेको नयाँ राजनीतिक प्रतिवेदन आर्थिक, सामाजिक, राजनीतिक, पर्यावरणलगायत क्षेत्रमा देखिएका समस्या र चुनौती समाधानमा केन्द्रित रहेको अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनादर्न शर्माले बताएका छन्। 

सञ्चारकर्मीहरूलाई प्रतिवेदनबारे जानकारी गराउँदै उनले अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा राष्ट्रलाई आत्मनिर्भर बनाउने विषयलाई जोड दिइएको जानकारी गराए। उनका अनुसार देशलाई आत्मनिर्भर बनाउन पार्टीको सिंगो शक्ति लाग्ने, पर्यावरणीय संकटको समाधान खोज्ने, विपद् व्यवस्थापनको जिम्मेवारी लिने, यसको लागि पार्टीलाई बलियो बनाउने, राष्ट्रलाई आर्थिक निर्भरतातर्फ लैजाने, आर्थिक समृद्धि र पूर्वाधार विकास गर्ने, जलवायु परिवर्तनको चुनौतीलाई कम गर्ने, उत्पादन शक्तिको विकास गर्ने, सामाजिक न्यायलाई स्थापित गर्नेलगायत एजेन्डा प्रतिवेदनमा समेटिएको छ। 

‘माओवादी केन्द्रले यसपटकको महाधिवेशनमा समाजवादउन्मुख अर्थतन्त्रका लागि राष्ट्रिय पुँजीको विकास गर्दै आमकिसान, दलित वर्ग, जात जाति, क्षेत्र लिंग सबैलाई आत्मनिर्भर भएर अगाडि बढाउने एजेन्डा पनि अघि सारेको छ,’ प्रतिवेदनबारे जानकारी गराउँदै शर्माले भने, ‘शीर्ष नेताहरूबीच नेकपा माओवादीको विगतको कालखण्ड र आफ्नैबारेमा पनि गम्भीर समीक्षा गरिएको छ।’ उनले निकास निर्माणका सम्भावना, कम्युनिस्ट आन्दोलन र पार्टी स्थापनादेखि हालसम्मको यात्राको विषयमा पनि चर्चा छलफल भएको बताए। 

त्यस्तै, २५ वर्षदेखि माओवादी र पुष्पकमल दाहाल प्रचण्डले अगाडि सारेका एजेन्डाअनुसार नै देश अघि बढिररहेको पार्टीले निष्कर्ष निकालेको छ। विगतका एजेन्डासँगै नयाँ एजेन्डा थप गर्ने विषयमा पनि नेताहरूबीच छलफल भएको छ।


 

ad
ad