१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १५:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादीको बन्दसत्रमा विधान मस्यौदा पेस, २९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:३o:oo

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।

पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष तथा पार्टीको केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय हुने व्यवस्था विधानमा प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटीको १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ।

यसअघि बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए। विधान प्रस्ताव पारित भएलगत्तै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको समूह विभाजन गरेर प्रचण्डले प्रस्तुत गरेका वैचारिक तथा राजनीतिक दस्ताबेज र गुरुङले प्रस्तुत गरेका विधान मस्यौदामाथि छलफल हुनेछ।

प्रतिनिधिहरूको २५ समूह बनाएर राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसका लागि बन्दसत्रमा समूह विभाजनको तयारी भइरहेको युवा नेता युवराज चौलागाईंले जानकारी दिए।

 

ad
ad