१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ पौष १२ सोमबार १०:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
२०७८ पौष १२ सोमबार १०:०८:००

लमजुङ प्रहरीले बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले मध्यनेपाल नगरपालिका– २ बस्ने वर्ष ३६ का लक्ष्मण गिरीलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनले ०७७ चैत ६ गते फैसला गरेदेखि फरार रहेका गरीलाई शुक्रबार काठमाडौं चन्द्रगिरी– ८ बाट पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

पक्राउ परेका गिरीलाई उच्च अदालत पाटनले तीन दिन कैद र आठ लाख ८० हजार जरिवाना तोकेको थियो । अदालतको फैसलादेखि फरार रहेका उनलाई आइतबार लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार लमजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए । गिरीले जरिवानाबापतको रकम बुझाएको हुँदा तीन दिन कैदका लागि आइतबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।