Skip This
सप्तरीमा फेरि एकजनाको घाँटी रेटेर हत्या 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १२ सोमबार
  • Monday, 17 June, 2024
साैरव यादव सप्तरी
२o७८ पौष १२ सोमबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सप्तरीमा फेरि एकजनाको घाँटी रेटेर हत्या 

Read Time : < 1 मिनेट
साैरव यादव सप्तरी
नयाँ पत्रिका सप्तरी
२o७८ पौष १२ सोमबार o९:१६:oo

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार बिहान पुनः एकजनाको घाँटी रेटेर हत्या भएको छ । वडा नम्बर १ बरहीवीरपुरकी ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या गरिएकाे हो । बिहान घरबाट खरानी लिएर खेत पुगेकी यादवको खेतमै घाँटी रेटिएको अवस्थामा शव बरामद भएको स्थानीय शुभनारायण यादवले जानकारी दिए ।

यता, सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले घटनास्थलतर्फ प्रहरी टोली खटाइएको बताए । ‘प्रारम्भिक अनुसन्धानले हत्या भएको नै बुझिन्छ, थप अनुसन्धान भइरहेको छ,’ उनले  भने ।

यसअघि गत मंसिर ८ गते सोही गाउँपालिका– ६ खुदिबखारीमा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटेर हत्या गरिएको थियो । सो घटना रहस्यमै रहेको अवस्थामा अर्को पनि सोही प्रकृतिको घटना हुनुले स्थानीय त्रसित बनेका छन् । प्रहरी नायव उपरीक्षक काफ्लेले सो घटनाबारे पनि अनुसन्धान भइरहेको बताए ।
 

ad
ad
ad
ad