मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष ११ आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ११ आइतबार o९:१o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

खुकुरी रमको नयाँ बोतल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ११ आइतबार o९:१o:oo

६२ वर्ष पुरानो स्वदेशी ब्रान्ड खुकुरी रम ग्राहकहरूमा पुस्तान्तरण भएको धेरै भइसक्यो । नयाँ पुस्ताले पनि खुकुरी रमको पुरानो मौलिक स्वादलाई उत्तिकै मन पराइरहेका छन् ।

रमका पारखीमाझ ‘रम भनेकै खुकुरी’ भन्ने ब्रान्डका रूपमा स्थापित भएकैले पनि दुई दशकदेखि प्याकेजिङ (बोतल) परिवर्तन गर्न आवश्यक नठानेको नेपाल डिस्टिलरिज प्रालिले बताएको छ । यतिवेला आएर भने कम्पनीले नयाँ पुस्ताको चाहनाबमोजिम प्याकेजिङ परिवर्तन गर्नुपर्ने महसुस ग¥यो । त्यसैले कम्पनीले हालै खुकुरी रमको प्याक परिवर्तन गरेको छ, जुन प्याक रमका पारखीले अत्यधिक रुचाएको कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेको बुझाइ छ ।

‘नेपाली मौलिकपन र परम्परालाई समेत फ्युजन हुने गरी विशेष अनुभूति दिलाउने गरी नयाँ बोतल तयार पारिएको छ,’ महाप्रबन्धक लामिछानेले भने, ‘नयाँ प्याकेजिङको आकर्षक स्वरूपले रम पारखीहरूको ध्यान तान्न थालेको छ ।’ उनका अनुसार नयाँ प्याक युवापुस्ताले मन पराउने खालको छ । नयाँ बोतल अलि प्रिमियम पनि देखिएको भन्दै ग्राहकहरूको प्रतिक्रिया पाइरहेको लामिछाने बताउँछन् ।  

कम्पनीले रमको प्याकेजिङ परिवर्तन गरे पनि स्वाद भने परिवर्तन गरेको छैन । ‘खुकुरी रमको स्वाद ६२ वर्षदेखि एउटै छ,’ लामिछानेले भने, ‘लोकप्रिय ब्रान्डलाई समयसापेक्ष बनाउँदै लैजानुपर्छ भनेर मौलिकपन नहराउने गरी अन्तर्राष्ट्रियस्तरको प्याक ल्याएका हौँ ।’ खुकुरी रम स्वदेशी बजारमा लोकप्रिय छँदै छ, विभिन्न मुलुकहरूमा निर्यात पनि हुन्छ । रमको प्याकेजिङ मौलिक त हुनैपर्‍यो, सँगसँगै निर्यात पनि गर्नुपर्ने हुँदा विश्वबजारले पनि मन पराउनुपर्छ । आफूहरूले उपभोक्ताका राम्रा सुझाबहरू समेटेर नयाँ प्याक बजारमा ल्याएको उनको भनाइ छ । 

नयाँ प्याकमा नेपाली मौलिकताबाट प्रेरित भएर केही नयाँ र पृथक् विशेषता थपिएका छन् । रमको नयाँ बोतलको बिर्को खोल्दा खुकुरीको बिँड हातमा लिएको अनुभूति हुन्छ । बोतलको बिर्को खोल्नेबित्तिकै रातो घेरा बस्छ, कसैले रिफिल गर्न खोजेमा थाहा भइहाल्ने कम्पनीको भनाइ छ । यस्तो खालको बिर्को सात सय ५० एमएलको बोतलमा मात्र उपलब्ध छ ।

नयाँ प्याकमा पुरानो लोगोको सारलाई समेट्दै खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क राखिएको छ । यो वर्डमार्कले नेपालीको सरल तथा दृढ स्वभावलाई दर्साउने कम्पनीले जनाएको छ । बोतलको रातो घेरामा अंकित सगरमाथाको शिखर, उदाउँदो सूर्य र र सूर्यको अगाडि रहेको खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्साउने लामिछानेले बताए । 

नयाँ प्याकमा रहेको खुकुरीले नेपालीको शक्ति, दृढता तथा वीरतालाई दर्साउने र ‘फ्रम द टप अफ द वर्ल्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको जनाउने कम्पनीको विश्वास छ । खुकुरी रम ह्यान्ड क्राफ्टेड रम भएको कम्पनीले जनाएको छ । अहिले पनि रममा प्रयोग हुने कतिपय वस्तुहरू हातले नै बनाउने गरेको लामिछानेले बताए । 

१३ मुलुकमा निर्यात
खुकुरी रम अमेरिका, जापान, साउथ कोरिया, बेल्जियम, युरोपलगायत विश्वका १३ मुलुकमा निर्यात भइरहेको लामिछानेले बताए । ‘हाम्रो पहिलो प्राथमिकता आन्तरिक बजार नै हो, यहाँ खपत नभएको रम निर्यात गर्ने हो,’ उनले भने, ‘खुकुरी रममा अझै पनि कतिपय कुरा हातले बनाएरै प्रयोग गरिन्छ, त्यसैले मेसिन ल्याएर उत्पादन बढाएर तत्कालै निर्यात पनि बढाइहाल्छु भन्न सम्भव छैन ।’ 

अहिले तीन भेरियन्ट
अहिले खुकुरी कोरोनेसन, स्पाइस र त्रिपल एक्स गरी तीन प्रकारका खुकुरी रम बजारमा उपलब्ध छन् । कम्पनीले आगामी दिनमा रमको पोर्टफोलियो कम्प्लिट गर्नेतर्फ केन्द्रित हुने जनाएको छ । केही प्रिमियम ‘एज्ड’ र अरू किसिमका रमहरू थपेर पोर्टफोलियो पूरा गर्ने कम्पनीको योजना छ । कम्पनीले छिट्टै कोरोनेसन (खुकुरी आकारको) रमलाई छुँदा पनि एकदमै प्रिमियम लाग्ने खालको आकर्षक स्वरूपमा ल्याउँदै छ । साथै, कोरोनेसन रममा कोसेली पाउनेको नाम नै खोपेर लैजान पाइने बताइएको छ । स्पाइस रमको पनि छिट्टै नयाँ प्याक ल्याउन लागेको लामिछानेले बताए । अहिले बजारमा सबैभन्दा बढी बिक्री हुने त्रिपल एक्स रम हो, जुन नयाँ प्याकेजिङमा आइसकेको छ । ‘हामी बढी म्याचुअर्ड गरिएका एज्ड रम पनि ल्याउँदै छौँ,’ उनले भने, ‘यसले खुकुरी रमको प्रिमियम क्याटागोरी पूर्ति गर्नेछ ।’