१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ११ आइतबार ०८:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड स्तरोन्नति गरिदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ११ आइतबार ०८:०७:००

चौधरी फाउन्डेसनले महाराजगन्जस्थित कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड स्तरोन्नति गरिदिने भएको छ । फाउन्डेसनले अहिलेको १२ शय्यालाई विस्तार गरेर २५ शय्याको इमर्जेन्सी वार्ड निर्माण गरिदिने भएको हो । इमर्जेन्सी वार्ड स्तरोन्नति गर्ने सम्झौतामा फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरी र अस्पतालका निर्देशक प्रा.डा. अजित रायमाझीले हस्ताक्षर गरेका छन् । फाउन्डेसन चौधरी ग्रुपको सामाजिक गतिविधिमा सक्रिय इकाइ हो । 

‘हाम्रा बालबालिकाको भविष्य सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो,’ फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘त्यसैले हामीले बालबालिकाको स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनुपर्छ ।’ देशको दूर–दराजसम्मका सर्वसाधारण र निम्न आर्थिक स्तर भएका नागरिकका सन्ततिले पनि सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पाऊन् भन्ने उद्देश्य राखेर अस्पताललाई सहयोग गर्न लागेको उनको भनाइ छ । फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले इमर्जेन्सी वार्डको स्तरोन्नतिको काम यथाशीघ्र सम्पन्न गर्ने बताए । 

अस्पतालका निर्देशक रायमाझीले चौधरी फाउन्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए । कान्ति बाल अस्पतालका अतिरिक्त फाउन्डेसनले सोलुखुम्बु जिल्लाको नाम्चेस्थित माउन्टेन मेडिकल इन्स्टिच्युटलाई पनि सहयोग गर्ने भएको छ । चौधरी फाउन्डेसनले स्वास्थ्य क्षेत्रमा देशैभरि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको बताएको छ ।