मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

२०० रुपैयाँले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

नेपाली सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा आएको छ। सुन अघिल्लो दिन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार आठ सय रुपैयाँ तोकिएको थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासंघले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय १० डलरआसपास कारोबार भइरहेको छ।