मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
युवराज गुरुङ
टेकराज थामी काठमाडाैं
२०७८ पौष ९ शुक्रबार ०६:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मानव तस्कर अभियोगमा पक्राउ परेका गुरुङ एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ पौष ९ शुक्रबार ०६:५७:००

गुरुङको नेपालमा २० करोडको कृषि फार्म

मानव बेचखिन तथा ओसारपसार मुद्दामा पक्राउ परेको युवराज गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम च्याप्टरको पहिलो निर्वाचित अध्यक्ष रहेको खुलेको छ । उनी हाल एनआरएनए एग्रकल्चर प्रलोसन कमिटीका पहिलो ग्लोबल कन्भेयर हुन् । आईसिसी एनआरएनएका सल्लाहकार रहेका उनी बेल्जियम नेपाल चेम्बर अफ कमर्सका संस्थापक उपाध्यक्ष हुन् ।   

मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई २३ मंसिरमा सानेपाबाट पक्राउ गरेका थियो । ब्युरोका अनुसार उनले बेल्जियम लैजाने प्रलोभनमा काठमाडौंकी कल्पना शर्मा (परिवर्तित नाम) भारतको दिल्ली लगेर अलपत्र परेका थिए । प्रहरीमा दर्ता जाहेरीअनुसार महिना दिनपछि कल्पनासँग रहेको साढे ५० लाख रुपैयाँ लिएर उनी बेल्जियम भागेका थिए । 

मुद्दाको जाहेरीकर्ता पीडित कल्पनाकी श्रीमान् वीरबहादुर शर्माको मृत्यु भएपछि मात्रै नेपाल आउजाउ गर्न थालेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । मानव बेचबिखन ब्युरोका प्रवक्ता शारदाप्रसाद चौधरीले घटना सम्बन्धमा गम्भीर तवरले अनुसन्धान भइरहेको बताए । ‘मानव बेचबिखनको अभियोगमा युवराज गुरुङ पक्राउ परेका छन् । उनको सम्बन्धमा विविध कोणबाट सूचना आएका छन् । प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिहेको छ । यस सम्बन्धमा सत्यतथ्य खुल्दै जानेछन्,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार गुरुङ विश्वभर हुने सबैखालका एनआरएनए भेलामा सकेसम्म सहभागी हुन्छन् । भेटे जतिलाई कृषि व्यवसायमा लगानी गर्न उत्प्रेरित गर्छन् । यस क्रममा उनले अफ्रिकादेखि अमेरिकामा रहेका दुईभन्दा धेरै गैरआवासीय नेपालीसँग प्रतिव्यक्ति पाँच लाखका दरले रकम उठाउँदै आएको प्रहरी स्रोतको दाबी छ । 

‘एनआरएनए युरोप शाखाका सल्लाहकार गुरुङ भए जति सबै भेलामा सहभागी भई सबैलाई कृषिमा लगानी गर्न उत्प्रेरित गर्छ । यसक्रममा उसले १० करोड रुपैयाँभन्दा धेरै रकम उठाएको छ । सम्वन्धित देशका एनआरएनएलाई सोध्दा सबैले यो तथ्य बताउँछन्,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीका अनुसार एनआरएनएबाट उठाएको रकमबाट उनले सानेपामा मुन्ना कृषि लिमिटेड खोलेका छन् । लिमिटेडको सेयर नेपाली र विभिन्न मुलुकका एनआरएनएलाई वितरण गरेका छन् । करिब २० करोड रुपैयाँको लगानीमा उनले कृषि फार्म खोलेको स्रोतको भनाइ छ । हाल उनी कृषि फार्मका अध्यक्ष हुन् । 

‘युवराज गुरुङ पक्राउ परेको साँचो हो । उहाँ बेल्जियम एनआरएनएको निर्वाचित अध्यक्ष हो भन्ने सुनेकी छु । उहाँले सेयर उठाउनु भएको हो । सेयर कम्पनीले उठाउँछ । कम्पनीको लगानी २० करोड होइन । चुक्ता पुँजी २० करोडको हो । हामीले अहिले एक सय ५४ जनाबाट चार करोड मात्रै उठाउन सकेका छौं,’ मुन्ना कृषि लिमिटेडकी चिफ म्यानेजर सीता पाण्डेले भनिन् ।