१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश नं २ को नामकरणका लागि प्रदेश सभा बैठकमा चार प्रस्ताव पेस    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १८:५५:oo

प्रदेश नं २ को नामकरणका लागि प्रदेश सभा बैठकमा चार नाम प्रस्ताव गरिएको छ। आज बसेको प्रदेश सभा बैठकमा विभिन्न दलका प्रदेश सभा सदस्यले प्रदेशको नामकरणका लागि चारवटा प्रस्ताव पेस गरेका हुन्। बैठकमा सत्तारुढ जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य शैलेन्द्रकुमार यादव र नेकपा माओवादी केन्द्रका भरत साहले प्रदेश नं २ को नाम ‘मधेस प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसलाई समर्थन गरेको छ।     
     
बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका प्रमोदकुमार यादवले प्रदेशको नाम ‘जानकी प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा अर्का सत्तारुढ दल नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले ‘मिथिला भोजपुरा प्रदेश’ नामको प्रस्ताव पेस गरेका छन्।
     
कांग्रेसकै राजेश्वरप्रसाद साहले भने, ‘मध्य मधेस प्रदेश’ नामको प्रस्ताव गरेका छन्। नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने आज पेस हुन सकेको छैन। नामकरणसम्बन्धी पेस भएको प्रस्तातमाथि प्रदेश सभा बैठकमा छलफल जारी छ। बैठकमा प्रदेशको राजधानी तोक्ने प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ भने अघिल्लो बैठकमा प्रस्तुत प्रदेश कृषि विश्वविद्यालय २०७८ माथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। रासस    
 

ad
ad