Skip This
अञ्जनले विश्वकप छनोटका दुवै खेल गुमाउने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार ११:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अञ्जनले विश्वकप छनोटका दुवै खेल गुमाउने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार ११:o९:oo

सर्वाधिक गोलकर्ताको कीर्तिमाननजिक पुगेका अट्याकर अञ्जन विष्टले फिफा विश्वकप २०२६ छनोटका बाँकी दुवै खेल गुमाउने भएका छन् । बायाँ खुट्टाको घुँडाको चोट बल्जिएपछि अञ्जन हाल राष्ट्रिय फुटबल टोलीको तयारी क्याम्पमा छैनन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रशिक्षकलाई फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका बाँकी दुवै खेल गुमाउने उपलब्ध नहुने बताएका छन् । 

‘धेरै खतरा हुने देखेपछि बाँकी दुवै खेल नखेल्ने निर्णय लिएको छु,’ नयाँ पत्रिकासँग अञ्जनले भने, ‘अर्काे प्रतियोगितामा बलियो भएर फर्कनेछु ।’ नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध २० जेठमा खेल्दै छ । दशरथ रंगशालामा हुने यो खेल मैदान तयार नहुँदा न्युट्रल भेन्युमा हुनेछ । युएईविरुद्ध खेलेको पाँच दिनपछि नै नेपालले अन्तिम खेलमा यमनको सामना गर्ने तालिका छ । यमनले पनि न्युट्रल भेन्युमा खेल खेल्ने भएको हो । दुवै देशले साउदी अरेबियामा खेल खेल्ने निर्णय गरेका छन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध डेब्यु गरेका अञ्जनले हरि खड्का र निराजन रायमाझीले गरेको १३ गोलको कीर्तिमान बराबर गरेका छन् । दशरथ रंगशालामा अघिल्लो वर्ष लाओसविरुद्ध गोल गरेसँगै उनले कीर्तिमान बराबर गरेका हुन् । अब, एक गोल गरेको अवस्थामा अञ्जन नेपालबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने एक्ला खेलाडी हुनेछन् । 

स्पोर्टस् पोसाक ३६१ डिग्रीको साथ
अट्याकर अञ्जनलाई चाइनिज स्पोर्टस् पोसाक ब्रान्ड ३६१ डिग्रीले प्रायोजन गरेको छ । शनिबार नेपालका लागि स्पोर्टस् ब्रान्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कार्की र अञ्जनबीच तीन वर्षका लागि सम्झौतामा हस्ताक्षर भयो । कम्पनीले अञ्जनलाई तीन वर्षसम्म आवश्यक पोसाक उपलब्ध गराउनेछ । आर्थिक विषय भने दुवैतर्फबाट गोप्य राखिएको छ । सम्झौतापछि अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा खुसी भएको र यस्ता प्रायोजक आउँदा फुटबलमै लाग्न प्रेरित गर्ने बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रायोजकसँग सहकार्य भएको छ । यसले आगामी करिअर बढाउन र फुटबलमै लाग्न थप सहयोग पुर्‍याउनेछ ।’

सिइओ कार्कीले पहिलोपटक फुटबल त्यो पनि अञ्जनसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए । ‘हामीले पहिलोपटक फुटबलमा सहकार्य गरेका छौँ । अञ्जनसँग सहकार्य गर्न पाउनु हाम्रा लागि खुसीको क्षण हो,’ कार्कीले भने । कम्पनीले नेपालसहित विभिन्न देशमा फुटसल र बास्केटबलमा सहकार्य गर्दै आएको छ । 

ad
ad
ad
ad