१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश २ अधिवेशन : दुई पक्षबीच कुुटाकुटपछि स्थगित मतदान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:३९:oo

कांग्रेसको प्रदेश २ समिति चयन गर्न जनकपुरको गोपाल धर्मशालामा बुधबार स्थगित भएको मतदान आज सुरु भएको छ  । प्यानल बनाएर उम्मेदवारी दिएका देउवा तथा निधि–शेखर पक्षबीच बुधबार कुटाकुट भएपछि मतदान रोकिएको थियो । निमित्त निर्वाचन अधिकृत विनय सिंहले बिहीबार बिहान ९:३० बजेदेखि  मतदान सुरु भएको बताए । 

निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार रातिबाट मतदान हुनुपर्ने थियो । तर, दुई पक्षबीच राति मतदान गर्ने–नगर्ने भन्नेमा विवाद बढ्दै जाँदा कुटाकुट भएको थियाे । कुटाकुटमा निधि पक्षका नवनित झालगायतका केही घाइते भएका थिए।

देउवा पक्षले राति नै मतदान गर्नुपर्ने बताएको थियो भने निधि–कोइराला पक्ष बिहीबार बिहानबाट मतदान गर्ने अडानमा थियो । दुई पक्षबीच कुटाकुट भएपछि निर्वाचनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनमा देउवा पक्षबाट सभापतिमा रामकृष्ण यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवको उम्मेदवारी परेको छ ।

आज बिहानबाट सुरु भएको मतदानमा सभापतिका उम्मेदवार रामकृष्ण यादवको तर्फबाट उपसभापतिका उम्मेदवार मन्त्री वीरेन्द्र सिंहले पहिलो मत खसालेका छन् भने सभापतिका अर्का उम्मेदवार राम सरोज यादवले समेत मतदान गरिसकेका छन् ।  

ad
ad