१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष ७ बुधबार १६:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान असफल हुँदै छ : वरिष्ठ अधिवक्ता श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष ७ बुधबार १६:३१:oo

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले वर्तमान संविधान असफल हुन लागेको बतााएका छन् । बार दिवस २०७८ को उपलक्ष्यमा आयोजित ‘विकृति–विसंगतिमुक्त न्यायपालिका : बारको भूमिका’ विषयक विचार गाेष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यकममा बोल्दै उनले भने, ‘२०७२ को संविधान असफल हुँदै छ। किनभने संविधानले व्यवस्था गरेका निकायले काम गर्न नसकेपछि असफल हुन्छ।’

रक्सी कम्पनीले डिस्ट्रिब्युटर राखेजस्तो  बिचौलिया राखिएको भन्दै न्यायालयभित्र भ्रष्टाचारको उद्याेग खोलिएको श्रेष्ठको भनाइ थियो ।  वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा संविधानअनुसार नै मागिएको पनि दोहोर्‍याए । उनले भने, ‘राजीनामा संविधानअनुसार नै मागिएको छ । महाभियोगका लागि आधार छैनन् ? हामी दिन्छौँ आधार।’ 

न्यायालय  जल्दा पनि दल र संसदको ध्यान नगएको उनको भनाइ थियो ।