१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १४:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ललितानिवास जग्गा हिनामिना प्रकरण : बिचौलियाको भूमिका खेलेका सुवेदीदम्पती पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:१३:oo

ललितानिवास जग्गा हिनामिना प्रकरणमा बिचौलियाको मुख्य भूमिका खेलेका दुईजनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिचौलिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई गएराति ताहाचलबाट पक्राउ गरेको हो। 

पक्राउ परेका दम्पती सिआइबीको नियन्त्रणमा छन्। ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा दम्पतीले तत्कालीन भोगाधिकार सुवर्णशमशेरको परिवार र उनका नातेदारसँग बिचौलियाको भूमिका खेलेको सिआइबीको अनुसन्धानबाट खुलेको छ। 

सिआइबीका प्रवक्ता श्यामकुमार महतोले पक्राउ परेका दम्पती ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य व्यक्ति रहेको बताए। उनले पक्राउ परेका दुवैजनामाथि गम्भीर अनुसन्धान भइरहेको र म्याद थप गरेर थुनामा राखिएको बताए। यसअघि नै सिआइबीले उनीहरूकाे खोजतलास गरे पनि उनीहरू फरार थिए।
 

ad
ad