मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३४:oo

सार्क ल नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर र जबराको राजीनामा माग गरेको छ। सार्क ल नेपालले जबरा न्यायालयको नेतृत्वमा असफल भइसकेको भन्दै तत्काल राजीनामा गरी मार्गप्रशस्त गर्न माग गरेको हो। सार्क ल नेपालले विज्ञप्तिमार्फत जबरामाथि न्यायिक समुदाय र सर्वसाधारणको विश्वास टुटिसकेकाले तत्काल राजीनामाको विकल्प नरहेको स्पष्ट पारेको छ।

‘प्रधानन्यायाधीशमा न्यूनतम पदीय जिम्मेवारी, संवैधानिक आचरण एवं कार्यक्षमतासमेत नदेखिएको, न्यायिक नेतृत्वका लागि आवश्यक न्यायिक गुण तथा कार्यक्षमता, असल आचरण एवं व्यवहारको अभाव रहेकाले तत्काल बहिर्गमन हुनुपर्ने देखिएकाले राजीनामा दिनु स्वच्छ, निष्पक्षताका लागि उचित देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

साथै संसद्, राजनीतिक दल र सरोकारवालालाई समेत तत्काल जबराको विकल्पका सम्बन्धमा कदम चाल्न अनुरोध गरिएको छ। सार्क ल नेपाल सार्क राष्ट्रका न्यायाधीश, कानुन व्यवसायी र कानुनी क्षेत्रका प्राज्ञहरूको संस्था हो।