१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ८ मंगलबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२१ महिने बालिका हत्या आरोपमा दम्पती पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:o८:oo

२१ महिने बालिका हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन्। मोरङको  रंगेली नगरपालिका– २ नहर टोलका चन्द्र उरावकी २१ महिने छोरी युनिसा उरावको हत्या आरोपमा सोही ठाउँका नातामा फुपू–फुपाजु पर्ने ३५ वर्षीया संगीता उराव र ४६ वर्षीय सैनी उराव पक्राउ परेका हुन्।

२६ मंसिरमा घरबाट हराएकी बालिकाको शव २८ मंसिरमा आफ्नै घरपछाडि पैनीमा गाडेको अवस्थामा फेला परेको थियो। हराएपछि मृत फेला परेकी बालिका दुई दिनसम्म उराव दम्पतीसँगै रहेको र अन्त कतै नगएको पाइएकाले उरावदम्पतीलाई अनुसन्धानका लागि ४ पुसमा मोरङ प्रहरीले पक्राउ गरेको थियो।

नातेदार बालिकाको हत्या गर्ने कारण भने अझै खुलिनसकेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उरावदम्पतीलाई कर्तव्य ज्यान कसुरमा अदालतमा मुद्दा दर्ता गराएर इलाका प्रहरी रंगेलीले अनुसन्धान गरिरहेको छ।

ad
ad