१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ५ सोमबार
  • Tuesday, 18 June, 2024
२o७८ पौष ५ सोमबार १२:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ५ सोमबार १२:५१:oo

नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सोमबार बोर्डको प्रदेश कार्यालय उद्घाटन गरे। पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना भएको हो।

यसअघि लुम्बिनी प्रदेशको नेपालगन्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको थियो। कार्यालय नहुँदा बोर्डले गर्ने पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सुदूरपश्चिममा हुन नसकेको यहाँका पर्यटन व्यवसायीले गुनासो गर्दै आएका थिए। क्षेत्रीय कार्यालयले पर्यटकीय क्षेत्रबारे सूचना दिने, प्रचारप्रसार गर्नेलगायत काम गर्ने बोर्डका प्रबन्धक सूर्य थपलियाले बताए। बोर्डको कार्यालय स्थापनासँगै यहाँको पर्यटन विकासमा टेवा पुग्ने उनको धारणा छ।

मन्त्री आलेले बोर्डको कार्यालयमा पर्यटकीयस्थलको तस्बिर र पर्यटकलाई दिन सकिने आवश्यक सूचना राख्न कर्मचारीलाई निर्देशन दिए। सुदूरपश्चिममा पर्यटन विकासका लागि बोर्डको कार्यालय स्थापना गरिएको उनले बताए। तत्कालका लागि बोर्डमा एक प्रबन्धक र अधिकृतस्तरको कर्मचारी खटाइएको र आवश्यकताअनुसार बजेट र कर्मचारीको व्यवस्था गरिने मन्त्री आलेले जानकारी दिए।

धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नतिको कार्य अगाडि बढेको पनि मन्त्री आलेले बताए। उनले स्तरोन्नतिका लागि एक हप्ताभित्रै एक अर्ब रुपैयाँ बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । एक हजार आठ सय मिटर लामो विमानस्थलको धावनमार्ग बढाएर दुई हजार पाँच सय मिटर बनाइने मन्त्री आलले बताए। 

ad
ad
ad
ad