Skip This
संसद् अवरुद्ध गरेर एमालेले संविधानलाई चुनौती दियो : माधव नेपाल (भिडियोसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् अवरुद्ध गरेर एमालेले संविधानलाई चुनौती दियो : माधव नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२८:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले सर्वोच्च अदालतको फैसलाविपरीत संसद् अवरुद्ध गरिरहेको बताएका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्विप नलाग्ने सर्वोच्च अदालतको फैसलाविपरीतको विषय उठाएर एमालेले संसद् अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका हुन् । 

काठमाडौंमा आइतबार आयोजित पार्टीनिकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणासभामा नेपालले केपी ओली अदालतको फैसलालाई मान्ने पक्षमा नरहेको दाबी गरे । उनले सर्वोच्च अदालतको फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको तर्क गरे । 

नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस् दिँदै संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने बताए । उनले भने, ‘जुन व्यक्तिले विधि, विधानलाई मान्दैन। संविधानको प्रावधानलाई स्वीकार गर्दैन । कानुनी शासनको मान्यतालाई अंगीकार गर्दैन । अदालतको आदेशलाई स्वीकार गर्दैन । अदालतमा विचाराधीन मुद्दाहरूमाथि बहस गर्न पाइँदैन । छलफल गर्न पाइँदैन संसदमा । ती विषय संसदमा ल्याउन पाइँदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ । ठूल्ठूला स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ–जो चोर उसैको ठूलो स्वर ।’

नेपालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई उठान गरेर संसद् अवरुद्ध पार्न नपाउने पनि बताए । एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गर्दै नेपालले विरोधीहरूमा छटपटाहट आएको टिप्पणीसमेत गरे ।