१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:३९:oo

मकवानपुरस्थित हेटौँंडा उपमहानगरपालिका– १९ दामिटारमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८४९ नम्बरको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो । अर्का एकजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार मृत्यु हुनेमा मोटरसाइकलचालक चितवन रत्ननगर नगरपालिका निवासी ४० वर्षीय युवराज आचार्य रहेका छन् । दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङ जैमिनी निवासी ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । 

घाइते थापाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । थापाको अवस्था सामान्य रहेको छ । टिपरचालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ । 
 

ad
ad