१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको पौडेलको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:५७:oo

कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेले संसद् अवरुद्ध गरेकोमा असन्तोष पोखेका छन् ।

उनले भनेका छन् 'छ महिनाको समयमा दुई–दुईपटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौँ दिनदेखि संसद् अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दै छन् ।' 

संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामु समर्पण  गरेको ठहरिने उनले भनेका छन् । 

पौडेलले फेसबुकमा लेखेका छन् 'राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आमनागरिकको ध्यानाकर्षण गर्दछु । देशलाई प्रयोग नै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणाली नै सिध्याउन खोजिएको देखिन्छ ।'

ad
ad