
कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो प्राप्त मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता हासिल गरेका छन् ।
३२८२ मत गन्दासम्म देउवाले १५५६ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ११९७ मत ल्याएका छन् । यसैगरी विमलेन्द्र निधिले २०१ मत ल्याएका छन् । प्रकाशमान सिंहले २५७ प्राप्त गरेका छन् भने कल्याण गुरुङले १७ प्राप्त गरेका छन् ।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका थिए । देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ ।