मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईको साधारणसभामा १३.५ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:५३:oo

ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी १३.५ प्रतिशत लाभांश साधारणसभाले पारित गरेको हो । 

बैंकले आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन मुनाफा सात अर्ब नौ करोड रुपैयाँ र करपछिको मुनाफा चार अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको उल्लेख गरेको छ । प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने जनाइएको छ । 

साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिवेदन प्रस्तुत गर्दै बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना सेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । बैंकले सदाझैँ आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरूप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रूपमा बैंकको उपस्थिति वृद्धि गर्दै जाने उनको भनाइ थियो ।

कोभिड–१९ महामारीले अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दै ग्राहकलाई थप प्रभावकारी सेवा पुर्‍याउन लागिपरेको अध्यक्ष ढकालले उल्लेख गरे । अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले ०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षका रूपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ साक्षरता कार्यक्रम आयोजना गर्दै जाने उनको भनाइ छ ।  

बैंकको खुद मुनाफा आव ०७६/७७ को तुलनामा आव ०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई चार अर्ब १६ करोड रुपैयाँ पुगेको जनाइएको छ । हाल बैंकले दुई खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ ।