१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ५ शनिबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अध्यक्ष चयन नगरी सकियो प्रदेश १ मा माओवादी केन्द्रको सम्मेलन 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:४४:oo

नेकपा माओवादी केन्द्र प्रदेश १ मा अध्यक्षका आकांक्षी धेरै भएपछि प्रदेश समिति मात्र चयन गरेर प्रदेश सम्मेलन सकिएको छ। मोरङको विराटचोकमा २५ , २६ र २७ चैतमा सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनमा पदाधिकारीमा एक मत हुन नसक्दा पदाधिकारी चयनबिनै अधिवेशन सकिएको हो। 

२५ र २६ मंसिरमा सम्पन्न हुने भनिएको अधिवेशन पदाधिकारीहरूको आकांक्षाले गर्दा २७ मंसिर दिनभरि लम्बिएको थियो। २७ मंसिरमा अधिवेशनले सर्वसम्मत रूपले २ सय ४१ जना प्रदेश समिति र ९६ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ। तर आकांक्षीहरू धेरै भएपछि पदाधिकारी भने टुंगो लगाउन सकेन। 

प्रदेश १ मा माओवादी केन्द्रको अध्यक्षमा उदययपुरका सुरेश राई , पाँचथरका ईन्द्रबहादुर आङ्बो र धनकुटाका हेमराज भण्डारी आकांक्षी छन्। प्रदेश १ का इन्चार्ज रामकार्कीका अनुसार २९ मंसिरमा विराटनगरमा बस्ने प्रदेश कार्यसमितिको बैठकले पदाधिकारी चयन गर्नेछ। नयाँ विधानअनुसार पहिले कार्यसमित चयन हुन्छ। कार्यसमितिले पदाधिकारी चयन गर्छ। सर्वसम्मत हुन नसकेमा निर्वाचन गर्ने प्रावधान छ।
 

ad
ad