मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेसी दलित र मुस्लिमको अवस्था दयनीय छ : आयोग अध्यक्ष दत्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १८:२१:००

मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले मानवअधिकार र शिक्षाका सवालमा मधेसी दलित र मुस्लिमको अवस्था दयनीय रहेको बताएका छन्। शिक्षाका हिसाबले पछि परेकाहरूमाथि मानवअधिकार हननका घटना बढी हुने उनको भनाइ छ।

शान्तिका लागि साझा अभियानले राजधानीमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘शिक्षाको अवस्था हेर्दा दलित र मुस्लिमको अवस्था दयनीय छ।’ यी दुई समुदायलाई मानवअधिकारका विषयमा सुसूचित र चेतना जगाउनु आवश्यक रहेको उनको भनाइ थियो। 

विद्यालय शिक्षामा सामाजिक अध्ययनलाई समेट्न नसक्दा यस्तो स्थिति आएको उनले बताए। आयोगले यस विषयालाई अभ्यासात्मक बनाउन सिफारिस गरेको उनको भनाइ छ। 

कार्यक्रममा सार्वजनिक गरिएको वृत्तचित्र ‘महिला मानवअधिकारकर्मीका आवाज’ हेरिसकेपछि उनले प्रतिकूल वातावरणमा पनि मानवअधिकारका लागि लडिरहनेहरू प्रशंसनीय भएको बताए । उक्त वृत्तचित्रमा मानवअधिकार रक्षाका लागि अधिकारकर्मीहरूले गरेका कार्य, भोगेका समस्या, संघर्ष र सफलताका कथाहरू समेटिएको छ। 

दत्तले थपे, ‘जसले मधेसमा मानवअधिकारका सवालमा लड्दै आउनुभएको छ, वहाँहरू रियल हिरोज् अफ मधेस हो । वहाँहरूलाई जति नै नमन गरे पनि कम हुन्छ।’ 

वैदेशिक रोजगारीका कारण महिलाहरू हिंसामा परेका घटना बढ्दै गएकाले देशमै रोजगारी सिर्जना गर्नु मात्र दीर्घकालीन उपाय भएको उनको भनाइ छ। यसका लागि उद्योगधन्दामा राज्यले लगानी गर्नुपर्ने उनले बताए। 

कार्यक्रममा महिला मानवअधिकारकर्मीहरूले राजनीतिक दलबाट दबाब आउने, धम्की र प्रलोभन दिएर गम्भीर मानवअधिकारका घटनामा मिलापत्र गराउन खोज्नेजस्ता अवस्था आएको बताएका थिए।