१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सरकार बनाउन मलाई जिताइदिनुस् : देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:४१:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनबाट राष्ट्रिय सरकार बनाउनका लागि अहिले आफूलाई जिताउन आग्रह गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई सभापतिमा आफू निर्वाचित भए गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने दाबी गरे। उनले त्यसको जिम्मा आफूले लिनेसमेत बताए। 

देउवाले आफ्नो सरकार बनेसँगै ओली शासनबाट देशले  मुक्ति पाएको बताए ।  डरत्रासरहित राष्ट्र बनाउनका लागि आफूले जित्नुपर्नेमा उनको जोड थियो । 

मुलुकमा अव कुनै पनि किसिमको तानाशाही सरकार नआओस् भन्नका लागि पनि आफू नेतृत्वको कांग्रेस सरकारलाई निरन्तरता दिने गरी कांग्रेस महाधिवेशनले आवश्यक निर्णय गर्नुपर्ने उनले बताए । 

ad
ad