१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ४ शुक्रबार ११:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सवारी दुर्घटनामा मोरङमा दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:५५:oo

बिहीबार राति भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा मोरङमा दुईजनाको मृत्यु भएको छ। बिहीबार साँझ  ७ बजे विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.२त ७१३९ नम्बरको  ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको  साइकललाई ठक्कर दिँदा सोही स्थानका ३४ वर्षीय मुन्नाकुमार साहनीको उपचारका क्रममा मृत्यु भएको हो। ट्याकटर र चालक सोही स्थानका १९ वर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको  छ। 

यसैगरी, मोरङकै बुढीगंगा गाउँपाकिला–२ टंकीमा बिहीबार साँझ ८ बजे दक्षिणतर्फ जाँदै गरेको प्र.१–०४००१ प ६४६० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरचालक मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारेका २६ वर्षीय सुरज खनालको उपचारका क्रममा मृत्यु भएको हो।  

ad
ad