१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सातबुँदे घोषणापत्र जारी गर्दै सकियो पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:o३:oo

विनाशलाई अवसरमा बदल्न नेपाल सफल : प्रधानमन्त्री देउवा

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि आयोजना गरिएको सम्मेलन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहीबार समापन गरिएको हो । समापन कार्यक्रममा प्रधानमन्त्री देउवाले भूकम्पपछिको पुनर्निर्माणले नेपालको अर्थतन्त्रमा योगदान गरेको बताए । ‘विनाशकारी भूकम्पको ६ वर्षपछि पुनर्निर्माण र पुनस्र्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ । विनाशकारी भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकूलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौँ,’ प्रधानमन्त्री देउवाले भने ।  

पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुनर्निर्माणले सफलता हासिल हुनुमा अन्तर्राष्ट्रिय समुदायको सहयोग महŒवपूर्ण रहेको उल्लेख गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकारात्मक अभ्यास तथा अनुभवहरू आदान–प्रदान भएको उल्लेख गरे । ‘पुनर्निर्माणका क्रममा प्राप्त यी अनुभवहरू भावी पुस्ताका लागि मात्र नभएर विश्वका अन्य भागहरूलाई पनि उपयोगी हुने विश्वास छ,’ उनले थपे । 

कार्यक्रममा नेपालका लागि चीनका राजदूत होऊ यान्छी, भारतीय दूतावासका प्रथम सचिव करुन वंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जाइकाका प्रमुख प्रतिनिधि युमिको आशाकुमा, युएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसिडिओको भारत एवं हिन्द महासागर निर्देशक बेन मेलरले सम्बोधन गरे । उनीहरूले नेपालले पुनर्निर्माण तथा पुनस्र्थापनाबाट आफूहरूले पनि सिकेको उल्लेख गरे । 

विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हर्टविग स्काफर र युएनडिपीकी उपमहानिर्देशक कानी विग्नाराजाले भिडियो सन्देशमार्फत आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आजै सम्मेलनअन्तर्गतका १० वटा विषयगत सत्रहरू सम्पन्न भए ।

ad
ad