१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पुँजीगत बजेट खर्च हुन नसक्दा बजार तरलता अभाव : अर्थमन्त्री शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१६:oo

अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै शर्माले सरकारले बनाएको योजनाअनुसार पुँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताएका हुन् । 
 

उनले तरलता व्यवस्थापनको लागि निरन्तर रूपमा राष्ट्र बैंकसँग छलफल भइरहेको पनि बताए। आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०–१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना बनाएको तर योजनाअनुसार खर्च गर्न नसकेको उनको भनाइ छ। 
 

उनले राष्ट्र बैंकसँगअहिले १६ अर्ब तरलता रहेको भन्दै ९० अर्ब रुपैयाँसम्म बैंकहरूलाई दिन सक्ने राष्ट्र बैंकको क्षमता रहेको पनि बताए । 
 

चालू आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको उनको भनाइ छ । शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने पनि दाबी गरे । उनले विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल रहेको भने पनि त्यस्तो समस्या नहुने स्पष्ट पारे । 
 

अर्थसचिव मधुकुमार मरासिनीले सरकार पुँजीगत खर्च बढाउनका लागि निरन्तर विकास बजेट खर्च गर्न मन्त्रालयहरूसँग छलफल भइरहेको बताए । मरासिनीले चालू आर्थिक वर्षको पुँजीगत खर्च पछिल्लोपटक राजनीतिक परिवर्तन, अध्यादेश बजेट, सरकार परिवर्तन, नयाँ सरकारको प्रतिस्थापन बजेटका कारण कम भएको बताए । उनले अर्थ मन्त्रालयले खर्च गर्ने मापदण्डहरू कुनै पनि नरोकेको र सबै प्रणालीमार्फत नै भइरहेको बताए ।