१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ४ शुक्रबार १५:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालककाे मृत्युकाे रहस्य पत्ता लगाउन माग गर्दै स्थानीयद्वारा चरणबद्ध आन्दोलन सुरु

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:५४:oo

खोला किनारमा मृत भेटिएका १४ वर्षीय बालकको मृत्युकाे रहस्य पत्ता लगाउन माग गर्दै आफन्त र स्थानीयले चरणबद्ध आन्दोलन सुरु गरेका छन्। मोरङ बुढीगंगा गाउँपालिका–४ हात्तीमुढाका निश्चल रायको मृत्युकाे रहस्य पत्ता लगाउन माग गर्दै आफन्त र स्थानीयले आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेका हुन्। साेअनुसार आज  विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

२२ कात्तिकमा घरबाट हराएका बालक दुई दिनपछि २४ कात्तिकमा खोलामा अर्धनग्न अवस्थामा मृत भेटिएका थिए। आन्दोलनका कार्यक्रमअन्तर्गत विराटनगर इटहरी राजमार्गमा २४ मंसिरमा एक घण्टा, २७ मंसिर दुई घण्टा र २८ मंसिरमा तीन घण्टा चक्का जाम गर्ने उनीहरूले बताएका छन्। तबसम्म पनि बालकको मृत्युको रहस्य पत्ता नलगाएमा १ पुसमा बुढीगंगा गाउँपालिका र विराटनगर बजार बन्द गराउने र २ पुसमा मोरङ जिल्लाभरि आमहड्ताल गर्ने उनीहरूले चेतावनी दिएका छन्।

बालकको मृत्युकाे रहस्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने, शव परीक्षणसहित अनुसन्धानको रिपाेर्ट सार्वजनिक गर्नुपर्ने, मृतक बालकलाई सहिद घोषणा गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ।

घरमै खेल्ने क्रममा दिउँसो हराएको र घरनजिकै बुढीगंगा ४ स्थित सिँघिया खोला किनारमा अर्धनग्न अवस्थामा मृत फेला परेका बालक निश्चलको स्वाभाविक नभै हत्या भएको भन्दै आफन्त  र स्थानीयले यसपघि पनि निरन्तर प्रहरी कार्यालय हात्तीमुढाअगाडि प्रर्दशन गर्दै आएका थिए । उनीहरूले १७ मंसिरमा मृत्युको रहस्य पत्ता लगाउन माग गर्दै विराटनगरमा  अर्थमन्त्री जनार्दन शर्मालाई समेत ज्ञापनपत्र बुझाएका थिए।

मोरङका एसपी जनार्दन जिसीले निश्चलको मृत्युको कारण पत्ता लगाउन विशेष टोली खटाएर विभिन्न कोणबाट अनुसन्धान गर्दा पनि हत्याको कारण फेला नपरेको बताए। उनका अनुसार कोसी अस्पतालमा भएको शव परीक्षणमा  निश्चलको मृत्यु  डुबेर भएको देखिएको छ। मृत्युको अन्य कुनै कारण फेला नपरेकाले प्रहरीले भिसेरा परीक्षण गर्न विधि विज्ञानशालामा पठाएको छ। एसपी जिसीले भने, ‘पोस्टमार्टम रिपार्टमा हत्याको कुनै लक्षण देखिँएन। यसैले भिसेरा परीक्षणका लागि पठाएका छौँ। रिपार्ट आएपछि मात्र कुनै कारण भए थाहा हुन्छ।’

ad
ad