१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
ओली निवास बालकोटमा बारका पदाधिकारी। तस्बिर : दिपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीलाई भेट्न बारका पदाधिकारी बालकोटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। बारले यसअघि अन्य दलका नेताहरूसँग भेटेर पनि न्यायालयको विषयमा निकास दिन पहल गर्न अनुरोध गर्दै आएको छ। बालकोट पुगेर नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले न्यायलाई किनबेच गरेको आरोप लगाए। उनले जबराको नेतृत्वमा न्यायालय चल्न नसक्ने बताउँदै निकासका लागि दलहरुबीच सहमति गर्न अनुरोध गरे। न्यायापालिकाका लागि मात्र होइन, लोकतन्त्रका लागि पनि प्रधानन्यायाधीश जबराको बहिरगमन आवश्यक रहेकोले दलहरूको ध्यानाकर्षण हुन जरुरी भएको नेपाल बारका महासचिव लीलामणि पौडेलले बताए।