१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o९:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

आठौँ विश्व माटो दिवस मनाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:११:oo

 ‘माटोको अम्लीयकरण रोकौँ, माटोको उत्पादकत्व बढाऔँ’ भन्ने नारासहित आठौँ विश्व माटो दिवस–२०७८ मनाइएको छ । यो वर्ष माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौँडा र काभ्रेको पनौती नगरपालिकाको संयुक्त आयोजनामा पनौतीमा विश्व माटो दिवस मनाइएको हो । 

मंसिर १६ देखि बृहत् घुम्ती माटो परीक्षण शिविर कार्यक्रम सञ्चालन गरेर पनौती नगरपालिकामा व्यावसायिक तरकारी खेती भइरहेका १२ वटै वडाबाट माटोको कुल चार सय तीन नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

संकलित नमुना परीक्षणको नतिजामा ९३ प्रतिशत नमुनामा अम्लीय समस्या, ६० प्रतिशत माटोमा प्रांगारिक पदार्थ र ४८ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखियो । फस्फोरस र पोटास ठूलो समस्याका रूपमा देखिएन । कार्यक्रममा नगरपालिका प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यमा स्थानीय जनप्रतिनिधिहरू, कृषि ज्ञानकेन्द्र काभ्रेका प्रमुख, स्थानीय कृषकलगायतको उपस्थिति रहेको थियो । 

ad
ad