१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ मङ्सिर २० सोमबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना अपडेट : ३५७ जना निको हुँदा २६५ जना थपिए

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २० सोमबार १६:२०:००

पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार ८ हजार ६ सय १७ जनामा कोराेना परीक्षण गरिएको थियो। जसमा ७ हजार १ सय १४ जनामा पिसिआर गर्दा २ सय ३८ जना र एक हजार ५ सय ३ जनाका ऐन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ३ सय ५७ जना कोरोना संक्रमित निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ६८ रहेको छ।