१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार ०६:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलजीको एयर प्युरिफायर नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार ०६:३४:००

सिजी इलक्ट्रोनिक्सले एलजी प्युरिकेयर ३६० डिग्री एयर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले चारैतिरबाट हावालाई तानेर कोठाको सबैतिर हावा शुद्ध पार्ने यन्त्र बजारमा भित्र्याएको हो । 

यसमा शक्तिशाली फिल्टर रहेकाले हावामा रहेका हानिकारक पदार्थहरू कम गर्ने र शुद्धीकरणले हावामा तैरिरहेका भाइरस र कीटाणुलाई हटाउने कम्पनीले जनाएको छ । यसले कोठा सफा र आरामदायी राख्ने कम्पनीको दाबी छ । नासाद्वारा निर्मित बोइङ ७४७ मा प्रयोग भएको ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्दतले हावाको ऐयर फ्लो उच्चतम गराई एयेर रेसिसटेन्सर फ्रिक्सन घटाउने कम्पनीले जनाएको छ । 

मल्टी फिल्ट्रेसन सिस्टममा ६ वटा पत्र भएको विभिन्न स्वस्थ मापदण्डबाट प्रमाणित यस फिल्टरले घरभित्र भएका ब्याक्टेरिया, भाइरस, धुलोलगायत प्रदूषणलाई ९९.९९ प्रतिशत हटाउने कम्पनीको दाबी छ । पिएम १.० सेन्सरका साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउनुका साथै नानो आयोनले फिल्टर गर्न असमर्थ एयरबोन पार्टिकल्सलाई पनि निष्क्रिय पार्ने जनाइएको छ । 

एलजी थिङक्युको स्मार्ट इन्डिकेटर रियल टाइममा एयरको क्वालिटीको मापन गर्ने तथा एलजी थिङक्युका माध्यमबाट प्युरिफायरलाई वाइफाई प्रयोग गरी स्मार्ट फोनका माध्यमबाट जताबाट पनि चलाउन सकिने कम्पनीले जनाएको छ । यसले सफा हावा ७.५ मिटरसम्म पुर्‍याउने जनाइएको छ । कम्पनीले यस एयर प्युरिफायरमा १० वर्षको वारेन्टी रहेको जनाएको छ ।