१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १o:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेश अधिवेशन : तोकिएको समयमा सुरु भएन मतदान प्रक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४४:oo

नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनअन्तर्गत आज शनिबार तोकिएको समयमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।  नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाअन्तर्गत मतदान समय आज शनिबार बिहान ८ बजे तोकिए पनि मध्याह्न १२ बजेपछि मात्र मतदान सुरु हुने भएको छ । प्रदेश निर्वाचन समितिका सदस्य गणेश हुमागाईंले बिहान ८ बजे तोकिएको मतदान समय १२ बजेपछि धकेलिएको हो ।

अन्तिम नामावली प्रकाशनमा र मतपत्र छपाइमा समेत ढिलाइ हुँदा तोकिएको समयमा मतदान प्रक्रिया अघि बढाउन नसकिएको हुमागाईंले बताए । ‘उम्मेदवार धेरै हुँदा निर्वाचन प्रक्रियाअन्तर्गत अन्तिम नामावली प्रकाशनमा निकै समय लाग्यो, ’उनले भने, ‘मतपत्र छपाइ भइसकेको छ, निर्वाचन कार्यालयमा मतपत्र प्राप्त हुनासाथ मतदान प्रक्रिया अघि बढाइनेछ ।’

कांग्रेस बागमतीको नेतृत्वको तीनजना सभापतिका उम्मेदवार प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका इन्द्रबहादुर बानियाँ, संस्थापनइत्तर पक्षबाट जगदीश्वर नरसिंह केसी र कृष्ण सिटौला पक्षबाट भीमसेन दास प्रधान चुनावी मैदानमा छन् ।

निर्वाचन समितिका अनुसार अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र ८३ सदस्यसहित ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । खुलातर्फ ४८ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् ।