१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ५ शनिबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डपथ छाड्नु ऐतिहासिक भुल थियो : अर्थमन्त्री शर्मा 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:oo:oo

संघीय सरकारका अर्थमन्त्री तथा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाड्नु ऐतिहासिक भुल भएको बताएका छन् । आज  विराटनगरमा नेकपा माओवादी केन्द्र विराटनगर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रचण्डपथ छाडेकै कारण माओवादी पाटीमा विचलन आएको र पार्टी दिग्भ्रमित भएको बताए । 

नेता शर्माले प्रचण्डपथ हटाएकै कारण पाटीमा संगठन विधि, पद्धति र अनुशासन कायम हुन नसकेको र असमानता हाबी भएको जिकिर गरे । उनले भने , ‘प्रचण्डपथ हटाउनु, त्यो ऐतिहासिक भुल थियो त्यसलाई हामीले सच्याएर जानुपर्छ ।'

सामन्ती व्यवस्था अन्त्य गरेर देशमा गणतन्त्र ल्याउने पार्टी माओवादी मात्र भएकाले उपलब्धिको स्वामित्व लिन हिचकिचाउन नहुने उनको भनाइ थियो । उनले माओवादीसँग विद्रोहको एजेन्डा र उपलब्धि रहेकाले समाजवादी पार्टीको आधार प्रशस्त रहेको पनि बताए ।  

उनले जनयुद्धमा १० वर्ष र शान्ति प्रक्रियापछि १५ वर्ष गरेर २५ वर्ष माओबादी पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वले देशलाई लिड गर्न सफल भएपनि त्यो अब पर्याप्त नभएकाले आगामी महाधिवेशनबाट ५० वर्षसम्म देशलाई लिड गर्ने कार्य योजना र रणनीति निर्माण गर्न आवश्यक भएको बताए । मन्त्री शर्माले समाजवादमा जाने आधार माओवादी पार्टीमा मात्र भएकाले निर्वाचनमा पनि प्रशस्त जित हासिल गर्ने दाबी गरे । 

समाजवादमा जान अब माओबादी पार्टीले आर्थिक समृद्धिको निर्माण गर्ने, समाजिक सांस्कृतिक रूपान्तरण अभियान चलाउने, जातीय, भौगौलिक र सांस्कृतिक पहिचानलाई आत्मसम्मान गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गराउने उनले बताए । 

ad
ad