१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १७ शुक्रबार
  • Saturday, 05 July, 2025
अमुल थापा काठमाडौं
२o७८ मङ्सिर १७ शुक्रबार १३:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यक्षमा उम्मेदवारी दर्ता गराउन जुलुससहित पुगे राजेन्द्र लिङ्देन

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १७ शुक्रबार १३:२५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन राजेन्द्र लिङ्देन जुलुससहित राष्ट्रिय सभागृह पुगेका छन्। बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची बनाएको भन्दै राजेन्द्र लिङ्देन पक्षले विरोध जनाएपछि छानबिन समिति गठन गरेर यससम्बन्धी बिवाद समाधान गरेर आजदेखि निर्वाचन प्रक्रिया सुरु गरिएको हो।

अध्यक्षका प्रत्यासी कमल थापा र लिङ्देन दुवै पक्षले प्यानल तय गरेका छन्। विक्रम पाण्डे दुवै पक्षको उपाध्यक्षको सूचीमा छन्। त्यसबाहेक थापा समूहमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की उपाध्यक्षका उम्मेदवार छन्। त्यस्तै, लिङ्देन पक्षबाट उपाध्यक्षका उम्मेदवारहरूमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन्। राप्रपामा एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीनजना महामन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था छ

थापाको प्यानलबाट महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्तिकुमारी शाही उम्मेदवार हुन्। त्यस्तै, लिङ्देनले महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनालाई उठाउने भएको छ।