टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
सुवास भट्ट
२०७८ मङ्सिर १६ बिहीबार ०८:२४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शाकाहार अर्थात् सन्तुलित जीवनशैली

Read Time : > 3 मिनेट
सुवास भट्ट
२०७८ मङ्सिर १६ बिहीबार ०८:२४:००

मांसाहार छाडेको केही वर्ष भयो । जबदेखि आफूजस्तै प्राणमय जीवलाई मारेर तिनको मांस भोग गर्नु अपराध र अनैतिक जस्तो लाग्योे, तबदेखि स्वादिष्ट लागेकै भए पनि मांसाहार जबरजस्ती छाड्ने ढिपीमा लागेँ । पुरानो आहारको आनीबानी त्याग्न खोज्दा एकाध वर्ष कठिनाइ झेल्नुपरे पनि बानी परिसकेको छ । 

मेरो समाज र परिवारलाई भने मेरो शाकाहार स्विकार्न गाह्रो भयो । मांसाहार छाडेको घोषणा गरेको दुई वर्ष दसैँमा घर जाँदा खानैपर्ने दबाब भयो । नखाने ढिपी नछाडेपछि घरपरिवारले कर गर्न छाड्यो । तर, सहरमा पनि शाकाहारीलाई कहाँ सजिलो छ र ? पेसा र कामको प्रकृतिले पनि सधैँ घरमै खान्छु, अन्त खान्नँ भन्न दिँदैन । शुद्ध शाकाहारी र छनोटअनुसारको भोजन भेट्न काठमाडौंलगायत सबैजसो सहरमा मुस्किल छ । न ग्राहक न नाफा, कसैले किन खोलोस् शाकाहारी होटेल÷रेस्टुराँ ! फेरि साथीभाइ भेलामा शाकाहारी प्रायः एक्लो हुने गर्छन् । 

शाकाहारीप्रतिको धारणा : शाकाहारप्रति अक्सर नेपाली समाजको धारणा सकारात्मक छैन । मानिसहरू मांसाहारलाई व्यावहारिकतासँग जोड्छन् । मासु नखानेहरू कतिपय अवस्थामा भोकैसमेत रहनुपर्ने स्थिति आउन सक्छ । मासु नखाए पनि झोल त खा ! माछा मासु होइन ! मासु नखाने भए पशु किन पालेको ? मान्छेले नखाए त्यत्रा पशुपन्छीको कति बिजोग हुन्छ ? एकजनाले नखाएर पशु जोगिने होइन ! आफू हत्या नगर, ल्याएर दिएको खाए हुन्छ ? पशुपालन र मासु उत्पादन भएन भने संसारमा भोकमरी छाउँछ इत्यादि सुन्नु परिरहन्छ । 

मानिसहरू यसरी तर्क गर्छन्, मानौँ मानिसले मासु खाइदिएर सृष्टि धानिदिएको छ । हुन पनि स्वास्थ्यका लागि मासु अनिवार्य छ भन्ने शिक्षा छ । दुब्लो मान्छेलाई मासु नखाएर दुब्लो भएको भन्दै खाने सुझाब दिनेको कमी हुँदैन । तर, ख्याल गर्नुपर्ने पक्ष के छ भने मानव शरीरका लागि आवश्यक प्रोटिन, भिटामिन, खनिज सबै नै अन्नपात, फलफूल, सागसब्जी र गेडागुडीबाट सहजै पाउन सकिन्छ । मांसाहारको अनिवार्यताको बहस फगत हो । 

मान्छे प्राकृतिक रूपमा नै मांसाहारी हो त ? ःशाकाहार र मांसाहारको विषयमा बहस हुँदा मान्छे प्राकृतिक रूपमा कस्तो भोजन प्रवृत्तिको प्राणी हो भन्ने पनि चर्चा हुन्छ । मासु खानेहरूको तर्क मान्छे मासु र सागपात दुवै खाने प्राणी हो भन्ने हुन्छ भने शाकाहारीहरू मान्छे प्राकृतिक रूपमै शाकाहारी भएको तर्क अघि सार्छन् । यी दुई धारबीच बहस लामो समयदेखि चलिआएको छ । मान्छे शाकाहारी हो वा मांसाहारी ? यीमध्ये कुनै त्याग्न सम्भव छ÷छैन भन्ने आयाममा यहाँ चर्चा छ । 

मानव विकासक्रममा बुद्धिको विकास हुन्थेन, आगो तथा हातहतियारको आविष्कार हुन्थेन भने मान्छे मांसाहारी हुन सम्भव थिएन । बुद्धिको विकासले जीवनमा सहजताका मार्ग खोजी हुन थाल्यो । हतियारको मद्दतले सिकार सहज हुन थाल्यो र आगोमा पकाउँदा खानाको स्वाद तथा पाचन सहज भएपछि मान्छे मांसहारतर्फ आकर्षित भएको अध्ययनले देखाउँछ । मानिस प्राकृतिक रूपमा शाकाहारी हो कि मांसाहारी भन्ने भेद खुट्याउन मान्छेको शारीरिक बनोट\संरचना, आनीबानी पनि बुझ्नुपर्ने हुन्छ । मानिसको शरीर संरचना मांसाहारअनुकूलको छैन । यो बुझ्न कुकुर, बिरालो र बाख्रा, भैँसीजस्ता सामान्य घरपालुवा पशुचौपायासँग तुलना गरेर हेर्न सकिन्छ । मांसाहारी हुनका लागि सिकार गर्न सक्ने शारीरिक बनावट र सोहीअनुसारको पाचन प्रणाली हुनुपर्छ ।

उदाहरणका लागि हरेक मांसाहारी प्राणीमा सिकार गर्न सक्ने खालको दाह्रा, नंग्रा र आक्रामक आनीबानी हुन्छ । त्यस्तै, मासु पचाउनका लागि पाचन रसहरू उत्पादन हुनुपर्छ । खाएको मासु शरीरबाट छोटो समयमै निष्कासन भइसक्ने गरी शीघ्र पाचन पद्धति र छोटो आन्द्राको विकास भएको हुन्छ । शाकाहारी प्राणीमा खुर, नङ, बंगारा हुन्छ । आनीबानी शान्त हुन्छ । प्राकृतिक स्वभावैले मांसाहारी प्राणीले आलो रगत, मासु र हड्डी खान्छन् । ती जीव आहारपछि लामो समय शिथिल हुन्छन् । शाकाहारीहरू निरन्तर खाइरहन र उग्राइरहन सक्छन् । यसर्थ हात, खुट्टा, नङ, हत्केला, पैताला, दाँत, आन्द्रा, इन्जाइम र स्वभावहरूले पनि मानिसलाई शाकाहारी नै देखाउँछ । 

शाकाहारी हुनु गर्वको विषय होइन, न कुनै आदर्श बन्ने र छाँट्ने विषय नै हो । शाकाहार त एउटा भोजन प्रवृत्ति, जीवनशैली हो, सन्तुलित मानसिक स्थिति हो ।

शाकाहार ढोंग कि जीवनशैली ? : मानिस तीन कारणले शाकाहार हुने गरेका पाएको छु । पहिलो, बाध्यता अर्थात् शरीरले नसहेर वा रोगका कारण खान नमिलेर । दोस्रो, फरक वा अरूका नजरमा अलि राम्रो देखिन मासु नखानेहरू पनि हुन्छन् । र अन्तिम कारण, जीवप्रेम वा करुणाका कारण । मैले तेस्रो कारणले मांसाहार त्यागे । मानवता मर्दै गएको भनिने आधुनिक समयमा करुणालाई त्यति धेरै गम्भीरताका साथ हेरिँदैन । करुणा मानिसको समझबाटै हराउँदै गएको छ । प्रायः मानिस पशुप्रतिको करुणाबाहेक अन्य कारणले नै शाकाहारी भएका भेटिन्छन् । यसर्थ, उनीहरू या त आफूमाथि गर्व वा इतरप्रति घृणामै रमाउँछन् । 

शाकाहारी हुनु गर्वको विषय होइन, न कुनै आदर्श बन्ने र छाँट्ने विषय नै हो । शाकाहार त एउटा भोजन प्रवृत्ति, जीवनशैली हो । त्योभन्दा बढी सन्तुलित मानसिक स्थिति हो । योगविज्ञानले हाम्रो भोजनलाई तीन भागमा वर्गीकरण गरेको छ– सत्वगुणी, रजोगुणी र तमोगुणी । मांस, लागुपदार्थ, सडेगलेका, उत्तेजना पैदा गर्ने खाद्य पदार्थ तमोगुणी र रजोगुणीमा पर्छन्, जसले शरीरलाई हानि गर्छ । सत्वगुणी भोजन सागपात, गेडागुडी, फलफूल, अन्नले शरीरलाई हल्का, सन्तुलित र आवश्यक मात्रामा शक्ति दिन्छन् । भोजनको हरेक प्रक्रिया– ग्रहण, पाचन र निष्कासनमा त्यसको असर शरीरमा पर्छ । हामीले खाने खाद्य पदार्थको प्रतिक्रिया शरीरमा हुने भएपछि स्वच्छ सागपात खाँदा र मांसाहार भोजन खाँदाको शारीरिक र मानसिक अवस्था फरक हुने नै भयो । 

मांसाहार हिंसा हो : मांसाहार हिंसाजनित आहार प्रवृत्ति हो । कुनै पनि प्राणीको हत्या गरेपछि मात्र त्यसको मासु उपभोग गर्ने हो । जब हाम्रो आहार प्रणाली निर्दोष प्राणीको हत्यामा आधारित हुन्छ भने हाम्रा लागि शान्ति बिल्कुल असम्भव हुने नै भयो । मानिस एकैचोटि हिंस्रक र शान्त दुवै रहन सम्भव छैन । तपाईं मन र मस्तिष्कमा क्रूरता, तृष्णा, आवेग र तरंग बोकेर शान्त हुन कहिल्यै पनि सक्नुहुन्न । आफ्नो स्वादका लागि अबोध प्राणीको ज्यान लिने कुरा विवेक र नैतिकताका दृष्टिले कुनै पनि हिसाबले मनासिव होइन । आफ्नो स्वादका लागि प्राणीको हत्या गर्नु कुनै पनि करुणामयी मानिसका लागि सम्भव कुरा होइन । 

आधुनिक दुनियाँमा तपाईं आफैँ हत्या नगरीकन पनि मांसाहारी हुन सक्नुहुन्छ । अत्याधुनिक प्रविधियुक्त वधशालामा वध हुने र मांस उद्योग व्यापक बन्दै गएको समयमा मासुको सहज उपलब्धता छ । मासु कसरी र कहाँबाट तपाईंकहाँ आइपुगेको छ भन्ने थाहा नहुन पनि सक्छ । नदेखेको र आफू संलग्न नभएको पशुहत्याबाट प्राप्त मासु उपभोग गरेको भन्दैमा तपाईं मांसाहारी होइन भन्न मिल्दैन । हत्याद्वारा सिर्जित आहार ग्रहण गर्नुहुन्छ भने तपाईं पनि हत्याको हिस्सेदार भइसक्नुभयो । हत्याविना मांस प्राप्त हुन सम्भव छैन ।

हत्या–हिंसा भन्ने कुरा एउटा क्रूर मानसिक अवस्था हो । जब तपाईंले यो क्रूर मानसिकता अबोध प्राणीमा दर्साउनुहुन्छ भने त्यो मानसिकता अन्य र कमजोर मानिसमा पनि लागू नहुने भन्ने हुँदैन । त्यसको स्वरूप र मात्रा फरक हुन सक्ला । अनि हिंसाजनित मानसिकता बोकेर कसरी शान्त हुन सकिन्छ ? तपाईं कसैलाई करुणा देखाउनुहुन्न भने कसैले तपाईंलाई पनि करुणा देखाओस् भन्ने नैतिक बाध्यता हुँदैन ।