१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारले सर्वोच्चको गेटमा धर्ना नगर्ने, विरोधका कार्यक्रम परिसरभित्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

नेपाल बार एसोसिएसनले एक महिना अघिदेखि जारी राखेको धर्नालाई सर्वोच्च अदालतको परिसरमा सीमित गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमणका कारण सोमबार अस्पताल भर्ना भएपछि बारले सर्वोच्चको गेटमा गरिरहेको धर्नालाई परिसरमा सीमित गरेको हो।

धर्नामा नारा नलगाए पनि जबराको राजीनामा नआएसम्म आन्दोलनलाई जारी राख्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। ‘हामी नारा लगाउँदैनौँ । तर, हाम्रो मूल माग राजीनामा नआएसम्म हामी आन्दोलनका कार्यक्रम छाड्दैनौँ,’ श्रेष्ठले भने।

सर्वोच्चमा आज पहिलोपटक गोलाप्रथाबाट पेसी तोकिएसँगै आजदेखि सबैखाले मुद्दामा सुनुवाइ सुरु भएको छ। यद्यपि, न्यायालय सुधारका लागि जबराको राजीनामा माग गर्दै बारले धर्नालाई निरन्तरता दिएको छ।