मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १५ बुधबार ०७:०८:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पार्टी निर्माण र राष्ट्र निर्माणको दुई अभियान सँगसँगै लैजाने प्रस्ताव पारित गरेका छौँ : प्रदीप ज्ञवाली

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर १५ बुधबार ०७:०८:००

एमालेको दशौँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको अबको प्राथमिकता के हो ? 
हामीले पहिलो केन्द्रीय कमिटी बैठकबाट पार्टी निर्माण र राष्ट्र निर्माणको दुई अभियानलाई सँगसँगै लैजाने भनेर विशेष प्रस्ताव पारित गरेका छौँ । राष्ट्र निर्माणका लागि स्वाभाविक रूपमा निर्वाचन कुर्नुपर्छ । किनभने हामी अहिले प्रतिपक्षमा छौँ । त्यसकारण निर्वाचनको तयारी गर्दै आगामी निर्वाचनमा बहुमतसहितको पहिलो शक्ति बन्ने र हामीले सुरु गरेको समृद्धि अभियानलाई पूर्णता दिने हाम्रो राष्ट्रिय प्राथमिकता हुनेछ । पार्टीभित्रको प्राथमिकताचाहिँ पार्टीलाई सुदृढ गर्ने र त्यसका लागि वामपन्थी एकता भनेर पार्टी मात्रै जोडेर अर्थात् टाउको–टाउको जोडेर खासै एकता हुँदो रहेनछ । त्यो टिकाउ पनि भएन, अनुभव सुखद पनि रहेन । अबचाहिँ तलबाटै इमानदार कार्यकर्तालाई प्रवेश गराउँदै तलबाट नै पार्टी एकीकरण अगाडि बढाउने भन्ने हो । 

दशौँ महाधिवेशनबाट पार्टी एकताको सन्देश दिने र सर्वसहमतिमा नेतृत्व चयन गर्ने भन्ने थियो । तर, निर्वाचन प्रक्रियामा नै जानुप¥यो । कति नेता पराजित हुनुभो, धेरै त छुट्नुभएको पनि होला । यी सबै पक्षलाई कसरी समन्वय र व्यवस्थापन गर्नुहुन्छ ?
मूलतः यो एकताको महाधिवेशन हो । हामीले अहिलेको सन्दर्भमा तीनवटा मनोविज्ञानलाई जोड्नुपर्ने थियो । पूर्वमाओवादी पृष्ठभूमिबाट आउनुभएका साथीहरूको मनोविज्ञान र दशबुँदेपछि जोडिनुभएका साथीहरूको मनोविज्ञानसँग जोड्नुपथ्र्यो । पार्टीपंक्तिले त्यसलाई कति हार्दिकतासाथ ग्रहण गर्‍यो भन्ने उदाहरण पूर्वमाओवादी केन्द्रका साथीहरू सबै विजयी हुनुभयो । तीनजना पदाधिकारीमा र अरू केन्द्रीय सदस्य हुनुभयो । पूर्वमाओवादी भनेर कहीँकतै भेदभाव भएन ।

दशबुँदेपछि जोडिनुभएका साथीहरूको हकमा पनि उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याउने अष्टलक्ष्मी शाक्य । सचिवमा सबैभन्दा धेरै मत ल्याउने गोकर्ण विष्ट, केन्द्रीय सदस्यमा दोस्रो लोकप्रिय मत ल्याउने ठाकुर गैरे हुनुभयो । यी सबै कुराले कार्यकर्ताले एकदमै विवेकपूर्ण ढंगले निर्णय गरेको देखियो । एक–दुईजना साथीहरू, जो नेतृत्वको प्रस्तावअनुसार अघि बढ्न चाहनुभएन, भीम रावल, धनश्याम भुसालको कुरा बेग्लै होला । तर आम रूपमा सबै साथिहरूलाई सम्मानका साथ महाधिवेशनले एकताको स्पिरिटलाई लियो र विगतका कुराहरूलाई मेटाउने काम गर्यो । त्यसैले यो एकताको महाधिवेशन हो । कतिपय ठाउँमा साथीहरू छुट्नु भएको छ । कतिपय कल्सटरमा मापदण्ड पुगेका साथीहरूको संख्या तुलनात्मक रूपमा कम देखिएको छ । नेतृत्व विकास भएको खस आर्य र जनजाति क्षेत्रमा छुट्ने संख्या ठूलो छ र केही ठाउँका भूगोलहरूमा पनि छुटेका छन् । ती सबै पक्षलाई पछि कामको बाँडफाँटमा, मननोयनमा अवश्य ध्यान दिइनेछ । 

पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्षमा पराजित हुनुभएका नेता भीम रावल सहभागी हुनुभयो कि भएन ?
भन्न सकिन्न । उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन भनेर बाहिर प्रतिक्रिया दिएको पाइएको छ । जबकी उहाँ समेत उपस्थित केन्द्रीय समितिको बैठकमा र विधान महाधिवेशनबाट विधान तयार गर्दा त्यसको व्यख्याको क्रममा पनि दुवैतिर उम्मेदवारी राम्रो होइन भन्ने प्रस्ताव गएको थियो । धेरै साथीले त्यसो गर्नु हुन्न त्यसो गर्दा पदाधिकारीमा हार्ने साथी पार्टीमा जिम्मेवारीविहिन हुने अवस्था हुन्छ भनेपछि संगठन विभागले प्रस्ताव गरेको व्यवस्था हो । त्यसलाई निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अघि पदाधिकारीमा विजय हुनुभयो भने केन्द्रीय सदस्यको गणना हुँदैन, विजयी नभएको खण्डमा केन्द्रीय समितिको मत गणना हुनेछ भनेर प्रष्ट भनेको थियो । तर, रावलजीले यस्तो प्रतिक्रिया किन दिनु भयो भन्ने मैले बुझेको छैन । समापन समारोहमा सपथ ग्रहण गर्नु भएको छैन, थप कुरा गरेका छैनौँ ।

जुन भारी मतमका साथ अध्यक्ष विजयी हुनुभयो । परिणाम र माहोलका हिसाबले झण्डै सर्वसहमति जस्तै हो जस्तो पनि देखियो । थोरै भएपनि विपक्षमा पनि मत देखियो । अध्यक्षले सबैलाई मिलाएर लैजानु हुन्छ ?
मिलाउनका लागि अध्यक्षले हदैसम्म प्रयास गर्नु भएको हो । अध्यक्षले कमिटी भंग नहुँदै निर्देशनात्मक हिसाबले ‘अहिले कमिटी विघटन भइसकेको छैन, तपाईं उपाध्यक्षमा बस्नुस् । म अध्यक्ष,तपाईं उपाध्यक्ष र अरु साथीहरू उपाध्यक्ष बस्नुस् प्रस्ताव गर्छु’ भन्नु भएको हो । महाधिवेशन हलले समेत त्यसलाई ताली बजाएर स्वीकृत ग¥यो । तर उहाँले स्वीकार गर्न चाहानु भएन । म पछाडि फर्किन नसक्ने ठाउँमा पुगेको छु भन्नु भयो । त्यसभन्दा बढि त के गर्न सकिन्थ्यो । बाँकी समेट्न नसकिएका साथीलाई पनि केन्द्रीय कमिटीमा समेटिएको छ । अध्यक्षकातर्फबाट हदैसम्मको प्रयास भयो । तर कुन यात्रामा हिँड्नका लागि रावलजी पछाडि फर्किनै नसक्ने तहमा पुग्नुभएको हो, थाहा हुन सकेन ।