Skip This
देउवाले कार्यकर्तालाई भने : अरूको पार्टीको चिन्ता नगर्नुस्
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १४ मंगलबार १८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाले कार्यकर्तालाई भने : अरूको पार्टीको चिन्ता नगर्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १८:२९:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरूको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह दिएका छन्। मंगलबार सुवर्णशमशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरूको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन्। उनले विगतका दिनमा पार्टीभित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकताबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्ने बताए। प्रधानमन्त्री देउवाले अरूको पार्टीमा आँखा लगाउन छोडेर आफ्नो पार्टीलाई अरूको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताए। 

‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ। हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ। तपाईंहरूलाई थाहै छ, सत्य कुरा लुक्दैन। पार्टीभित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए। आगामी दिनमा यो पार्टीलाई एकताबद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ’, उनले भने, ‘हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरूको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनुपर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ। अरूको पार्टीको चिन्ता उनीहरूलाई गर्न दिनुस् न किन हामी गर्ने? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाऊँ। उहाँहरूको भन्दा ठूलो पार्टी बनाऊँ।’

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनुपर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए। उनले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे। प्रधानमन्त्री देउवाले बुढापाकाहरूलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन सुझाब दिए। प्रधानमन्त्री देउवाले राजनेता सुवर्णशमशेर जबराले पार्टीको लागि र प्रजातन्त्रको लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताए।