१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १६:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले उपाध्यक्षमा भुसाल पराजित, यस्तो छ अन्तिम मतपरिणाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१२:oo

नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिएका नेता घनश्याम भुसाल पराजित भएका छन्। ६ उपाध्यक्षका लागि भएको निर्वाचनमा सातजनाबीच प्रतिस्पर्धा भएको थियो। पराजित भएका भुसालले सात सय २५ मत ल्याएकाे निर्वाचन आयोगले जनाएको छ।

सबैभन्दा कम मत ल्याएर भुसाल पराजित भएसँगै एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९ सय ७६, सुरेन्द्र पाण्डेले १९ सय २५, सुवासचन्द्र नेम्वाङले १८ सय ६५, विष्णु पौडेलले १८ सय ५६, युवराज ज्ञवालीले १८ सय ४२ र रामबहादुर थापा बादलले १७ सय ६८ मत ल्याएर निर्वाचित भएका छन्।