Skip This
न्यायालयमा देखिएका विसंगति अन्त्य गर्ने गरी एमालेको सरकार बन्छ : शेरबहादुर तामाङ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 11 August, 2026
२o७८ मङ्सिर १४ मंगलबार १४:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायालयमा देखिएका विसंगति अन्त्य गर्ने गरी एमालेको सरकार बन्छ : शेरबहादुर तामाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १४:२५:oo

नेकपा एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबैखाले विकृति अन्त्य गर्ने बताएका छन्। मंगलबार चितवनको सौराहामा सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले यस्तो प्रतिक्रिया दिएका हुन्।

आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि अध्यक्ष केपी ओलीकै नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गर्नुपरेको उनले बताए।

‘केही महिनाभित्र हामी निर्वाचनमा जाँदै छौँ । हामीलाई विश्वास छ– केपी ओलीको अगुवाइमा हामी निर्वाचनमा जितेर बहुमतसहित र बहुमत मात्रै होइन, अझ हामी दुईतिहाइ मागिरहेका छौँ। किनभने न्यायालयमा देखिएको आजको बबन्डर, आजको जुन त्यो अप्ठ्यारो स्थिति छ, त्यसलाई अन्त्य गर्न एकपटक नेकपा एमालेले दुईतिहाइ लिएर न्यायालयभित्र देखिएका सबै खालका विसंगतिहरूलाई अन्त्य गर्ने गरी हामी अगाडि बढछौँ,’ उनले भने।

कार्यालय सचिव तामाङले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीका लागि प्रस्तुत गरेका नामावली योग्यभन्दा योग्य रहेको दाबी गरे।