१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा गाउँपालिकाले गरेको शोक सभा ।
कमल खत्री म्याग्दी
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटनाका मृतकका आफन्त र घाइतेको उपचारमा गाउँपालिकाको राहत

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १४:११:oo

म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगमा सोमबार साँझ भएको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएकाका आफन्त र घाइतेहरूको उपचारमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। सवारीचालक र वडासदस्यसहित दुर्घटनामा चारजनाको मृत्यु भएको थियो भने अन्य चारजना घाइते भएका छन्।

मृतक चारजनाकै घरपरिवारलाई आफ्नो परम्पराअनुसार काजकिरियाका लागि ५० हजार रुपैयाँका दरले र घाइतेहरूको उपचारमा लाग्ने खर्चमध्ये जनही एक लाख रुपैयाँसम्म  गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। 

ग.१ज ७२५१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा बेगका स्थानीय खिम पुन, खिमानन्द शर्मा, चालक दुतबहादुर थापा र वडासदस्य गौमाया विश्वकर्माको मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका चारजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रेफर गरिएको छ।

यसैबीच दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शोकमा मंगलबार गाउँपालिकाले गाउँपालिका, वडा कार्यालय, सेवा केन्द्र र अत्यावश्यकबाहेकका स्वास्थ्य सेवाको कामकाज बन्द गरेको छ भने वडा नम्बर १ मा विद्यालयहरूसमेत बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए।

मंगलबार गाउँपालिकामा एक कार्यक्रम गरी दुर्घटनामा ज्यान गुमाएका वडासदस्यसहित चारजनाको तस्बिरमा माल्यार्पण गरेर दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरिएको छ। स्थानीय जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीले ज्यान गुमाएकाहरूको तस्बिरमा फूलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।