१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १३:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसद्वारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४३:oo

कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनविरुद्ध रुसमा खोप बनाउन थालिएको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोना भाइरसको नयाँ भेरियन्टअनुसारकै खोपको नयाँ संस्करण बनाउन लागिएको जनाएको छ।

केन्द्रका अधिकारीहरूले कोरोना भाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन्।

उनीहरूले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाँडै नै हुन सक्ने विश्वास पनि व्यक्त गरेका छन्। ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आमनागरिकलाई खोप उपलब्ध गराइने उनीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्ने गरी खोप उत्पादन गर्न सकिने उनीहरूको भनाइ छ। रासस/सिन्ह्वा