१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सोमबार दिउँसो सदरमुकाम सिमकोटबाट हेलिकोप्टरमा लगिएको खाद्यान्न भोकमरी भएको लिमी क्षेत्रमा उतारिँदै 
२o८१ जेठ १ मंगलबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

हुम्लाको लिमी क्षेत्रमा खाद्यान्न ढुवानी सुरु : पहिलो दिन २१ क्विन्टल चामल र पाँच सय ७० क्विन्टल मैदा पुर्‍याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:o१:oo

भोकमरी रहेको हुम्लाको लिमीमा सेनाको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु भएको छ । सोमबार दिउँसो सदरमुकाम सिमकोटबाट दुईपटक गरी २१ क्विन्टल चामल र चीनसँगको सीमा क्षेत्र हिल्साबाट चारपटक गरेर पाँच सय ७० क्विन्टल मैदा लिमी पुर्‍याइएको हुम्लाका सिडिओ गणेश आचार्यले बताए ।

आइतबार साँझ सिमकोट बसेको हेलिकोप्टर सोमबार दिउँसो चामल लिएर करिब आधा घन्टाको हवाई दूरी लिमी पुगेको थियो । दुईपटक सिमकोट–लिमी क्षेत्रमा चामल ढुवानी गरेपछि हिल्सामा अड्किएको खाद्यान्न ढुवानी सुरु गरेको सिडिओ आचार्यले बताए ।

‘सरकारको निर्णयपछि सेनाको हेलिकोप्टर हिल्साको खाद्यान्न लिमीमा ढुवानी गर्न आएको हो । तर, सिमकोटबाट पनि ३७ क्विन्टल चामल पठाउन लागेका छौँ । त्यसमध्ये २१ क्विन्टल सोमबार पठाएका छौँ,’ उनले भने । हिल्सामा चीनले अनुदानमा उपलब्ध गराएको चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामलमध्ये एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल लिमी क्षेत्रमा ढुवानी हुनेछ । हेलिकोप्टरले करिब तीन दिन लगाएर सो खाद्यान्न ढुवानी गर्ने जानकारी पाएको सिडिओ आचार्यले बताए ।

ad
ad