१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १५:४९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

माघ दोस्रो साता पोखरामा विद्यालय नाटक महोत्सव हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४९:oo

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ आगामी माघ दोस्रो सातादेखि पोखरामा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने भएको छ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने महोत्सव ११ देखि १५ माघसम्म चल्ने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

महोत्सव सञ्चालनका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य रहनेछ। महोत्सवमा प्रदेशभित्र माध्यमिक तहसम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। थिएटरका अध्यक्ष परिवर्तनका अनुसार महोत्सवमा प्रदेशका ११ वटै जिल्लाका विद्यालयबाट सहभागिता रहनेछ। सहभागिताका लागि विभिन्न चरण पार गर्नुपर्ने बताइएको छ। आयोजकले पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गर्नेछ, जसका लागि सहभागी हुन चाहने विद्यार्थीले ३ पुसभित्र नाटकको कथावस्तु आयोजकलाई पठाइसक्नुपर्नेछ।

कथावस्तुको अध्ययनपछि नाटक दोस्रो चरणका लागि छनोट गरिने र छनोट भएका नाटकको रिहर्सल हेरेर निर्णायकमण्डलले अन्तिम चरणका लागि छनोट गर्नेछ। त्यसपछि छनोट भएका नाटक महोत्सवमा मञ्चन गरिने आयोजकले जनाएको छ। नाटक छनोटका लागि कलाकार प्रकाश घिमिरे संयोजकसँगै कलाकार माओत्से गुरुङ र प्रमिला तुलाचन सदस्य रहेको तीन सदस्यीय निर्णायकमण्डल बनाइएको प्रचार संयोजक राजाराम पौडेलले जानकारी दिए।