१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार oo:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस उपसभापति निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार oo:o६:oo

कांग्रेस उपसभापति विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । धनुषा क्षेत्र नं. ३ बाट उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । 

आइतबार भएको अधिवेशनबाट निधिसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । निधिकी पत्नी अनामिका, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, कांग्रेसका केन्द्रीय सदस्य मीनाक्षी झा, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रमिला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् । 

यस्तै,  धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धीरेन्द्र निधि पनि सर्वसम्मत चयन भएका छन् । धनुषाका बाँकी निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी रहेको कांग्रेसका युवा नेता परफुल घिमिरेले जानकारी दिए ।
 

ad
ad