मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १२ आइतबार
  • Friday, 14 August, 2026
२o७८ मङ्सिर १२ आइतबार १७:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन जनजाति नेताहरूको दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १२ आइतबार १७:१६:oo

नेकपा एमालेको दशौँ महाधिवेशनमा सुवास नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन जनजाति पृष्ठभूमिका नेताहरूले दबाब दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई शेरधन राईलगायतका नेताहरूले भेटेर नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने बताएका छन्। पृथ्वीसुब्बा गुरुङ, पार्वत गुरुङ, किरण गुरुङ, एनपी साँवालगायतका नेताहरूले ओलीलाई भेटेका थिए। 

उनीहरूले तीनवटा विकल्पसमेत दिएको एक नेताले बताए।  नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल र नेम्वाङ दुवैजनालाई वरिष्ठ उपाध्यक्ष बनाउने वा दुवैजनाको चुनाव गराउने विकल्प दिएको एक नेताले बताए।

उनीहरूले नेम्वाङले अन्तरिम संसददेखि संविधानसभा र संसद् विघटनसम्मको अवस्थामा दिएको साथको मूल्यांकन गर्ने नेताहरूलाई भनेका थिए। जनजाति नेताहरूले दबाब सिर्जना गरेपछि ओलीले नेम्वाङलाई बोलाएर छलफल गरेर मनाउने कोसिससमेत गरेका छन्।