१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o९:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कास्की कांग्रेस सभापतिमा किशोरदत्त बराल निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:३५:oo

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । संस्थापनइतरपक्ष बलियो मानिएको कास्कीमा कांग्रेस संस्थापन पक्षका मानिने बराल निर्वाचित भएका हुन् । उनले ९९५ मत ल्याउँदै विजयी भएका छन् । उनका प्रतिस्पर्धी पौडेल समूहका सुदीपमोहन भट्टराईले ९१५ मत प्राप्त गरे ।

शनिबार सम्पन्न मतदानमा कुल १९ सय २६ मत खसेको थियो । शुक्रबार सम्पन्न मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका पाँचजनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि शनिबार दोस्राे चरणको मतदान भएको थियो । 

पहिलो चरणमा बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतमले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा सभापतिका उम्मेदवार बरालले सबैभन्दा धेरै ६४४ र भट्टराईले ४७२ मत प्राप्त गरेका थिए ।

यसैगरी गुरुङले ४६२, शर्माले ३३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए । सभापतिको दौडबाट बाहिरिएका गुरुङ, शर्मा र गौतमले भट्टराईको पक्षमा मत दिन पौडेल समूहका प्रतिनिधिलाई आग्रह गरे पनि संस्थापन पक्षका बराल निर्वाचित भएका हुन् ।

ad
ad