मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ११ शनिबार
  • Wednesday, 19 March, 2025
२o७८ मङ्सिर ११ शनिबार १५:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करिब दुई लाख अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ११ शनिबार १५:३५:oo

अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित मुस्ताङको लोघेकर दामोदर कुण्ड– १ घर भई पोखरा बस्ने ४२ वर्षीय छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा उनी पक्राउ परेका हुन्। शुक्रबार दिउँसो पौने २ बजे काठमाडौंबाट पोखरा आउँदै गरेको बा.२ख ३९५० नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उनी पोखरा–३३ बाट पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाउने प्रहरी नायब उपरीक्षक तिवारीले बताए ।